टिकटक चल्ने बनाउन दूरसञ्चार प्राधिकरण निर्देशन

काठमाडौं  ।  नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायकहरूलाई टिकटक चल्ने बनाउन निर्देशन दिएको छ। सरकारले भदौ ६ को बैठकबाट सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएकाले खोल्नका लागि प्राधिकरणले निर्देशन जारी गरेको हो।

‘नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएको हुँदा अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवाप्रदायकहरूलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ’ सूचनामा भनिएको छ।

यसअघि नै सरकारले निर्णय गरेलगत्तै मोफसलका साना शहर र ग्रामीण भेगमा सेवा दिने इन्टरनेट सेवा प्रदायक कम्पनीले टिकटक चल्न दिइसकेका छन्। त्यसपछि प्राधिकरणको निर्देशनपछि अहिले सबैतिर टिकटक चल्न थालेको छ। गत वर्ष कार्तिक २७ मा तत्कालीन सरकारले सामाजिक सद्भाव भड्काउने काम भएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर