केन्याको एउटा विद्यालयमा आगलागी हुँदा १७ विद्यार्थीको मृत्यु

काठमाडौं । केन्यामा एउटा विद्यालयमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ। मध्यकेन्याको न्येरी काउन्टीमा बिहीवार राति भएको उक्त घटनामा परेर गम्भीर रूपमा जलेका एक दर्जनभन्दा बढी बालबालिकालाई अस्पताल लगिएको छ।
अतः मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। केन्याका राष्ट्रपति विलिअम रुटोले “भयङ्करू र विनाशकारी” घटना भएको भन्दै छानबिन गर्न आदेश दिएका छन्। आगलागीको कारण स्पष्ट भइसकेको छैन। त्यसबारे छानबिन भइरहेको प्रहरीकी प्रवक्ता रेसिला ओन्याङ्गोले स्थानीय सञ्चारमाध्यमलाई बताएकी छन्।
“जो जिम्मेदार छन्, उनीहरूलाई जबाहदेही बनाइन्छ”, रुटोले सामाजिक सञ्जाल एक्समा लेखेका छन्। प्रहरीका अनुसार अनुसन्धान गर्न घटनास्थलमा एउटा टोली पुगिसकेको छ। “घटनास्थलमा फेला परेका शवहरू चिन्नै नसकिने गरी जलेका थिए”, ओन्याङ्गोले समाचारसंस्था एएफपीसँग भनिन्। “घटनास्थलमा पूरै खोजिसकेपछि अरू शवहरू पनि फेला पर्न सक्छन्”, उनले भनिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर