महँगा गरगहना लगाएर पशुपति दर्शन गर्न नआउन आग्रह

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजको अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीहरुलाई महँगा गरगहना लगाएर नआउन आग्रह गरेको छ ।

कोषले हरितालिका तीजको व्यवस्थापनसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दर्शनार्थीहरुलाई महँगा गरगहना र साना बालबालिका लिएर नआउन आग्रह गरेको हो । भीडभाडमा गरगहना चोरी हुने, हराउने डर हुने भएकाले गरगहनाले सजिएर नआउन अपिल गरेको पशुपति विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।

हरितालिका तीज पर्वका अवसरमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले दर्शनको व्यवस्थापन, सुरक्षा, स्वयंसेवक परिचालन, ट्राफिक,पार्किङ स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत तयारी पूरा भइसकेको जनाएको छ । तीजको दिन बिहान ३ बजेदेखि नै चारवटै ढोका खुल्ला गरिने प्रवक्ता अधिकारीले बताए । यस वर्ष चक्रपथको सवारी आगमन पूर्ण रूपमा नरोकिने उनले बताए । तीजका अवसरमा चारै वटा सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर