सर्वोच्चको फैसलाका विषयमा एमालेद्वारा प्रचण्डको ध्यानाकर्षण

काठमाडौं ।  नेकपा एमालेका नेताहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन्। काठमाडौं उपत्यकाका नदी किनारमा मापदण्ड थप गरिएको विषयमा ध्यानाकर्षण गराउँदै हिँडेको एमाले काठमाडौं जिल्ला अध्यक्षसहितको टोलीले बिहीबार अध्यक्ष प्रचण्डलाई भेटेको हो।

सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको बागमती नदी र यसका सहायक नदीमा थप  २० मिटर मापदण्ड छोडेर खोलको बहाव क्षेत्र किटान गर्न परमादेश दिएपछि एमाले आन्दोलित छ। उसले अदालतको यो फैसलाको न्यायिक पुनरावलोकनको माग गर्दै आएको छ। यसै विषयमा बिहीबार प्रचण्डलाई एमाले बागमती इन्चार्ज राजन भट्टराई, जिल्ला अध्यक्ष दीपक निरौला सहितको टोलीले भेटेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर