आज बिहीबार पनि सुनको मूल्य स्थिर

काठमाडौं । आज बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबारको तुलनामा सोमबार प्रतितोला ३ सय रूपैयाँले घट्दै प्रतितोला एक लाख ५२ हजार रूपैयाँ कायम भएको सुनको मूल्य त्यसयता निरन्तर स्थिर छ । बिहीबार पनि सोही मूल्यमा नै किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने निरन्तर घटबढ भइरहेको छ । बुधबारको तुलनामा बिहीबार प्रतितोला १० रुपैयाँले बढेको महासंघले जनाएको छ । महासंघका अनुसार मूल्य बढेसँगै बिहीबार चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर