पलेशालाई बालेनको पाँच लाखको सम्मान

काठमाडौं ।  काठमाडौं  महानगरपालिकाले पारालिम्पिक्समा पदक विजेता पारा-तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ । महानगरका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डङ्गोलले पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशालाई पाँच लाख र प्रशिक्षक कविराज नेगीलाई तीन लाख रुपैयाँसहित सम्मान गरे । आज बिहान स्वदेश फर्किएकी पलेशालाई यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नगर परिक्रमा गराएको थियो ।

पेरिस पारालिम्पिक्समा पलेशाले के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो पदक हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर