ओलम्पिएन पलेशाको सम्मानमा नगर परिक्रमा

काठमाडौं ।  पारालिम्पिक्समा पदक जित्न सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धन काठमाडौं आइपुगेकी छन् ।  पलेशालाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसहित खेल क्षेत्रका अधिकारीहरुले बिमानस्थलमा स्वागत गरे ।

पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनी प्रतिस्पर्धा गरेकी पलेशाले कास्य पदक जितेकी थिइन् ।  यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो । पलेशासहित नेपाली टोलीलाई नगर परिक्रमा गराइँदै छ ।  राखेपका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको र्‍याली नयाँ बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै रापेख परिसर, त्रिपुरेश्वर पुगेर समापन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर