बालेन भर्सेज ओली : ओलीलाई ५८ हजारले अनफलो गरे

काठमाडौं ।  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई  सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ‘अनफलो’ गरेका छन् । ६ लाख ६२ हजार जनाले केपी शर्मा ओलीको फेसबुकलाई फलो गरेकोमा मंगलबार दिउँसोबाट अनफलो गर्नेको संख्या बढेको हो । बुधबार बिहान ६ बजेसम्म ओलीको फेसबुक पेजमा फलोअर्स ६ लाख ४ हजारमा झरेको छ । हिजो दिउँसोबाट अहिले बिहान सम्ममा अहिलेसम्म ५८ हजारले ओलीको फेसबुकलाई अनफलो गरेका हुन् ।

केही दिनयता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा स्ट्याटस लेखिरहेका छन् । एमाले प्रदेश सभा सदस्यको घरबाट बालिकाको उद्धारको विषयमा बालेन र एमाले कार्यकर्ता र ओलीविरुद्ध आक्रमक बनिरहँदा एमाले कार्यकर्ता पनि बालेनविरुद्ध आक्रामक बनेका छन् ।

बालेनले सोमबार सामाजिक सञ्जालमा राखेको स्टाटस मंगलबार हटाए । गत आइतबार मेयर बालेनले नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मामाथि नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए । उनले काठमाडौं महानगरले दुई महिनादेखि कारबाही अगाडि बढाउन आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका थिए । सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै उनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर