बालेनविरुद्ध एमाले नेताहरू देउवाको निवासमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई नेतृत्वको टोलीले भेट गरेको छ । नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौं महानगर पालिकाका प्रमुखले जारी गरेको परिपत्रका सम्बन्धमा ध्यानाकर्षण गराउन डा. भट्टराई नेतृत्वको एमालेको प्रतिनिधिमण्डलले कांग्रेस सभापति देउवालाई बूढानीलकण्ठस्थित निवासमा हिजो मंगलबार भेट गरेको हो ।

भेटमा सभापति देउवाले सर्वोच्च अदालतको फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरावलोकनमा जानुपर्ने विषयमा सहमति जनाउँदै कानुनमन्त्रीलाई छिटोभन्दा छिटो पुनरावलोकनमा जानका लागि आवश्यक पहल लिन निर्देशन दिए । भेटमा एमालेका बागमती प्रदेश इञ्चार्ज डा. भट्टराई, काठमाडौं जिल्ला इञ्चार्ज आनन्द पोखरेल, काठमाडौं जिल्लाका अध्यक्ष दीपक निरौलालगायत पदाधिकारीहरु संलग्न थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर