बालेनले हटाए रेखा शर्माबारे लेखेको विवादित स्टाटस

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले एमाले प्रदेश सांसद रेखा शर्माबारे लेखेको विवादित स्टाटस हटाएका छन् । शर्माले ८ वर्षदेखि घरेलु कामदार राखेर हिंसा गरेको भन्दै बालेनले आइतबार फेसबुकमा स्टाटस लेखेका थिए । आज भने उक्त स्टाटस उनको फेसबुकबाट हटाइएको छ ।

बालेनले यही स्टाटस इन्टाग्राममा पनि राखेका थिए । इन्स्टाग्रामबाट भने स्टाटस हटाइएको छैन । उनले काठमाडौं महानगरले समात्नभन्दा पनि सरकारले केही नगरेको र मुद्दा चलाउन भने पनि बेवास्ता गरेको जिकिर गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर