नेप्सेमा ६.९० अंकको वृद्धि, १३ अर्ब ५७ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार सामान्य अंकले बढेको छ । आज नेप्से ६.९० अंकले बढेर दुई हजार ८ सय ३० दशमलव १६ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा १३ अर्ब ५७ करोड ७१ लाख बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये १०६ कम्पनीको शेयरमूल्य बढेको छ भने १३३ वटाको घटेको छ । यसका साथै ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार हिमालयन पावर पार्टनर र दोल्ती पावर कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको छ  । जसको शेयरमूल्य ८ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर