इजरायलमा विरोध प्रदर्शन जारी

काठमाडौं । गाजामा बन्धकहरूलाई फिर्ता गराउन हमाससँग युद्धविरामका लागि वार्ता गर्न माग गर्दै देशभर लाखौं इजरायलीले जुलुस निकालेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धविराम गरी गाजामा बन्धक नागरिक फिर्ता ल्याउन माग गरिएको हो । करिब सात लाख मानिसले मुख्य सडकहरूमा र देशव्यापी प्रदर्शनमा भाग लिएका थिए ।

६५ लाख ५० हजारले तेल अबभबको केन्द्रीय र्‍यालीमा भाग लिएका थिए । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले गाजाबाट दुई महिला र चार पुरुषको शव बरामद गरेको घोषणा गरेपछि सुरु भएको विरोध प्रदर्शन रातभर जारी रह्यो । आईडीएफले सैनिकहरू आइपुग्नुभन्दा केही समयअघि हमासको सुरुङमा मारिएको बताएको थियो । हमासको आक्रमणको क्रममा ६ जना इजरायलीलाई अक्टोबर ७, २०२३ मा बन्धक बनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर