लुइस सुआरेज : अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा

काठमाडौं ।  उरुग्वेका खेलाडी लुइस सुआरेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । ३७ वर्षीय उनले शुक्रवार पाराग्वेसँगको विश्वकप छनोट अन्तर्गतको खेल नै आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल हुने बताएका छन् । सन् २००७ देखि खेल्दै आएका सुआरेजले एक सय ४२ खेलमा ६९ गोल गरेका छन् । उनी उरुग्वेका सर्वाधिक गोलकर्ता हुन् ।

सुआरेजले उरुग्वेको टोलीमा रहेर ४ वटा विश्वकप र ५ वटा कोपा अमेरिका प्रतियोगिता खेलेका छन् । सुआरेजले इन्टर मियामीबाट व्यवसायिक फुटबललाई निरन्तरता दिने योजनामा छन् । यसअघि उनले लिभरपुल, आयक्स, एट्लेटिको मड्रिड र ग्रेमियोबाट पनि खेलेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर