नेपाली टोली आज श्रीलंकासँग पहिलो अभ्यास खेल खेल्दै

काठमाडौं ।  आईसीसी विश्वकप क्रिकेट लिग-२ को तयारीका लागि श्रीलंका पुगेको नेपाली टोलीले आज श्रीलंकासँग पहिलो अभ्यास खेल खेल्दैछ। श्रीलंकाको डेभलपमेन्ट टोलीसँग खेल्ने तीन एक दिवसीयअन्तर्गतको पहिलो खेल नेपाली समयअनुसार आज बिहान सवा १० बजे सुरु हुनेछ। नेपालले दोस्रो खेल बुधबार र अन्तिम खेल बिहीबार खेल्नेछ।

यसअघि दोस्रो खेल बिहीबार र तेस्रो तथा अन्तिम खेल शनिबार हुने तय भएकोमा नेपाल क्रिकेट संघ (क्यान) ले हिजो विज्ञप्ती निकालेर खेलतालिका परिवर्तन भएको जानकारी दिएको हो। यसअभ्यास खेलपछि नेपाली टोली क्यानडामा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिज खेल्न त्यसतर्फ जाने छ।

नेपालले क्यानडामा दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो। पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो। सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल खेल्ने प्रावधान रहेको छ। नेपालले पहिलो राउन्डमा एक खेल मात्र जितेको छ। नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर