“आफ्नो कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनूस”

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा सोमबार उनले एक स्टाट्स लेख्दै उनले भने, “ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाईँजस्तै अरूको इशारामा चल्ने हुनुपर्ला ।”

उनले लेखेका छन्, “‘प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यु तपाईँ आफ्नो कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला । पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाईँजस्तै अरूको इशारामा चल्ने हुनुपर्ला ।” बालेनले एमाले सांसद रेखाकुमारी शर्माले बालश्रम राखेको भन्ने मुद्दामा कार्यकर्ताहरूले केही भ्रमहरू फैलाएको बताए ।

उद्धार गरेकी बालिकाको बुवालाई शर्माले प्रयोग गरी महानगरविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट हाल्न लगाएको पनि उनले उल्लेख गरे । अनेरास्ििवयुका अध्यक्ष शमीक बडालले आज सोमबार एक फेसबुक स्टाट्समा मेयर बालेनलाई भारतीय गुप्तचर संस्थाको इशारामा चलेको आरोप लगाउँदै बालेनको राजनीतिक गतिविधि छिट्टै नेपाली जनताले बुझ्ने आशयको अभिव्यक्ति दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर