इजरायलमा आम हडताल, बन्धक छुटाउन प्रदर्शन

काठमाडौं ।  हमास समूहले बन्धक बनाएकाहरुलाई छुटाउनका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आज सोमबार इजरायलमा आम हडतालको आह्वान गरिएको छ । हिजो ६ जना बन्धकको शव फेला परेपछि हिजैदेखि इजरायलमा विरोध प्रदर्शन भइरहेको छ ।

बन्दका कारण इजरायलको मुख्य विमानस्थलको सेवा प्रभावित भएको छ । त्यहाँको नीजि क्षेत्र, बैंक, ठुला यातायात कम्पनीले हड्ताललाई साथ दिएका छन् । साथै अस्पतालहरुमा समेत सीमित मात्रामा सेवा दिइएको छ। आइतबार रातिसमेत भएको प्रदर्शनमा राजधानी तेल अभिभका साथै अन्य शहरहरुमा लाखौं मानिस सहभागी भएका थिए ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बन्धक छुटाउन प्रयास नगरेको प्रदर्शनकारीहरुले आरोप लगाएका छन् । साथै हमासको कब्जामा रहेका १ सय १ जनाको जीवितै उद्धार गर्न समेत प्रदर्शनकारीले माग गरेका छन् । गत बर्षको अक्टोबर ७ तारिखमा हमास समूहले इजरायलमा आक्रमण गरी इजरायली नागरिकलाई बन्धक बनाएका थिए । त्यस यता इजरायलले गाजा क्षेत्रमा गरेको कारवाहीमा ४१ हजार प्यालेस्टिनीको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर