गण्डकीका असन्तुष्ट मन्त्री दीपक मनाङेको राजीनामा स्वीकृत

काठमाडौं । गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङे (राजीव गरुङ) ले मन्त्री पदबाट राजीनामा दिएका छन् । मन्त्री मनाङेका स्वकीय सचिव सन्तोष अधिकारीले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा बुझाएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए ।
मनाङेलाई राजीनामा पत्र बुझाए पनि स्वीकृत भने भइनसकेको प्रेस संयोजक सापकोटाले बताए । भौतिक पूर्वाधारमन्त्री रहेका मनाङेलाई वन मन्त्रालयको जिम्मेवारी दिएसँगै असन्तुष्ट व्यक्त गरेका थिए । मुख्यमन्त्रीको कार्यालयका एक अधिकारीले मन्त्री मनाङेको राजीनामा स्वीकृत भइसकेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर