आज सोमबार शेयर बजार उच्च अङ्कले उकालोतर्फ

काठमाडौं ।  विगत केही दिन यता घटिरहेको नेपाली शेयर बजार आज सोमबार फेरि उच्च अङ्कले उकालो लागेको छ ।  शेयर बजार परिसूचक नेप्से आज एक सय २७ दशमलव ३२ विन्दुले बढेर दुई हजार आठ सय २३ दशमलव २५ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज नौ वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । यस्तै आठ वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन लक्ष्मी उन्नति कोषको शेयर भने चार प्रतिशतभन्दा धेरैले घटेको छ । आज तीन सय ३५ वटा कम्पनीका तीन करोड १४ लाख कित्ता शेयर १३ अर्ब १० करोड रुपैयाँमा कारोबार भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर