सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा ब्युँताउने तरखरमा सरकार

काठमाडौं । सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी मुद्दामा सरकारले सर्वोच्च अदालत जाने तयारी गरेको छ । लामिछानेविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहित उच्च सरकारी वकिलको कार्यालय सर्वोच्च जान लागेको हो । जसका लागि सरकारी वकिलको कार्यालयले महान्यायाधिवक्ता कार्यालयमा आइतबार फाइल पठाइएको बताइएको छ । जबकि मुख्य पीडित भनिएकी गौशाला–२६ ले करिब दुई–तीन महिनाअघि आफू उच्च अदालत पाटनको फैसलाबमोजिम सर्वोच्च अदालतमा पुनरावलोकन गर्न जाने मनस्थितिमा नभएको निवेदन उच्च अदालत पाटनमा दर्ता गराएकी थिइन् ।
उच्च अदालत पाटनबाट सफाइ दिने निर्णय त्रुटिपूर्ण भएकाले बदर भई बलात्कारमा हदैसम्मको कैद, जरिवाना र क्षतिपूर्ति भराउने फैसला हुनुपर्ने माग पुनरावेदनमा गरिएको छ । उनको निवेदनलाई पनि साथै राख्दै लामिछानेविरुद्ध एक तहमाथि ९सर्वोच्च० जानुपर्ने आधारहरू रहेको दाबी उच्च सरकारी वकिल कार्यालयले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर