पृथ्वी राजमार्गको गल्छी–गजुरी सडक खण्ड अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गको गल्छी–गजुरी सडक खण्ड अवरुद्ध भएको छ । राजमार्गको सो सडक खण्डमा पर्ने आदमघाट नजिकै वर्षासँगै आएको पहिरो खसेपछि दुवैतर्फ सडक अवरुद्ध भएको हो । राजमार्गमा पहिरो पन्छाउने प्रयास भइरहेको छ । पहिरो पन्छाउनका लागि प्रहरी उपकरणसहित पहिरो खसेको स्थानतर्फ गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

पहिरो पन्छाउन केही समय लाग्ने भएको छ । पहिरोका कारण सो राजमार्ग भएर संघीय राजधानी प्रवेशका लागि आएका रात्रिसेवा यातायातका सवारीसाधन र बिहान राजधानीबाट देशका विभिन्न भागमा जानका लागि छुटेका सवारीसाधन सडकमै रोकिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर