इंग्लिस प्रिमियर लिगमा लिभरपुलको तेस्रो जित

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार तेस्रो खेलमा जित निकालेको छ। नयाँ प्रशिक्षक अर्ने स्लटको नेतृत्वमा रहेको लिभरपुलले उत्कृष्ट प्रदर्शन जारी राख्ने क्रममा आइतबार राति म्यानचेस्टर युनाइटेडलाई ३-० ले पराजित गर्‍यो।

युनाइटेडलाई उसकै मैदानमा स्तब्ध बनाउने क्रममा लिभरपुलका लागि लुइस डियाजले दुई गोल गर्दा मोहमेद सलाहले अर्को एक गोल गरेका थिए। लिभरपुलले जारी सिजन गोल नखाई सुरुवाती तीन खेल जितेको छ।

खेलको ३५ औं मिनेटमा लुइस डियाजले मोहम्मद सालहको पासलाई सदुपयोग गर्दा सलाहकै पासमा डियाले ४२ औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए। दोस्रो हाफको सुरुवातमै तेस्रो गोल गर्ने क्रममा मोहमद सलाहले ५६ औं मिनेटमा गोल गरेका थिए। युनाइटेडले पनि सिमित अवसरमा गोलका राम्रा अवसर पाएपनि सदुपयोग गर्न भने असफल रह्यो । जितपछि लिभरपुलको सिटी समान ९ अंक भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर