स्पेनिस ला लिगामा रियल मड्रिडले रियल बेटिसलाई पराजित

काठमाडौं ।  स्पेनिस ला लिगामा रियल मड्रिडले रियल बेटिसलाई पराजित गरेको छ। स्टार प्लेयर केलियन एमबाप्पेको गोलले मड्रिडलाई जितका लागि सहज भयो। आइतबार राति भएको खेलमा रियल मड्रिडले रियल बेटिसलाई २–० गोल अन्तरले पराजित गरेको हो।

एमबाप्पेले यसअघि ला लिगाका तीन खेलमा गोल गर्न सकेका थिएनन्। एमबाप्पले रियलका लागि गरेका खेलको ६७ औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। ७५ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै रियलको जित पक्का गरे। गएराति नै भएको खेलमा ओसासुनाले सेल्टा डि भिगोमाथि ३–२ को संर्घषपूर्ण जित निकालेको छ।

अर्को खेलमा डिपोर्टिभ अलाभेसले लस पालमासलाई तथा जिरोनाले सेभिल्ललाई समान २–० गोल अन्तरले पाखा लगाए। गएरातिकै अर्को खेलमा गेटाफे र रियल सोसिडाडले गोलरहित बराबरी खेल्दै अंक बाँडे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर