ठगिएका सहकारीपीडितलाई सरकारको लाठीचार्ज

काठमाडौं । सहकारीपीडितको जुलुसमा प्रहरीले लाठीचार्ज गरेको छ। विभिन्न सहकारी संस्थाबाट बचत रकम फिर्ता नपाएर ठगिएका पीडितहरूको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले निषेधित क्षेत्र तोड्न लागेको भन्दै लाठीचार्ज गरेको हो । लाठीचार्जबाट केही सहकारीपीडित घाइते भएका छन् ।

जम्मा गरेको बचत फिर्ताका लागि सरकारलाई दबाब दिन आज संघीय राजधानी काठमाडौं उपत्यकामा झरी भएपनि पीडितहरू प्रदर्शनमा  थिए । उनीहरूले सहकारी पीडितको घरमा भात तिहुन पाक्दैन, सुशासनको कुरा गरेर सरकार कहिल्यै थाक्दैन, सहकारी ठगहरू मूर्दावाद भन्नेलगायतका नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर