सशस्त्रका तीन एआइजीको सरुवा

काठमाडौं ।  सरकारले तीन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकलाई सरुवा गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नारायणदत्त पौडेललाई सीमा सुरक्षा विभागबाट कार्य विभाग, चन्द्रप्रकाश गौतमलाई मानव स्रोत विभागबाट सीमा सुरक्षा विभाग, बंशीराज दाहाललाई कार्य विभागबाट मानवस्रोत विभागमा सरुवा गरेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत आ.व. २०८१/८२ का लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संगठन र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ।

यसैगरी राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको लागि अधिग्रहण गर्न बाँकी जग्गामा मुआब्जामा लाग्ने पुँजीगत लाभकर आर्थिक ऐन, २०८१ को दफा १८ (१) बमोजिम छुट दिन स्वीकृति दिने निर्णय गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर