अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं ।  नारायणगढ मुग्लिन सडकको आँपटारीमा रूख ढलेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । नारायणगढ मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका वडा नंं १ आँपटारीमा बिहान ८ बजेको समयमा रूख ढलेपछि राजमार्ग अवरुद्ध भएको थियो । ढलेको रूख सुरक्षाकर्मीले काटेर हटाएपछि बिहान १० बजेबाट राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर