कांग्रेसमा सहमतिसँगै महामन्त्रीद्वयको प्रतिवेदन पारित हुँदै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने प्रतिवेदन पारित हुने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार दिउँसो २ बजे बस्ने बैठकमा सो प्रतिवेदन पारित हुने जानकारी दिए । मुख्यसचिव पौडेलले भने, “केन्द्रीय समितिको बैठक दिउँसो २ बजे बस्छ । सहमति जुटिसकेको छ ।”

यसैबिच बूढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा निरन्तर बस्दै आएको बैठकमा हिजो शनिबार पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ नेताहरुबिच छलफल भएको थियो । उनले भने, “सभापतिले दिनका दिन निरन्तर बैठक राख्नुभयो । हिजो पनि पदाधिकारी, पूर्व पदाधिकारी र सिनियर नेताहरुबिच बैठक थियो । सबै कुरा सहमति उन्मुख भएको छ । आज ड्राफ्ट गरेर महामन्त्रीद्वयले प्रतिवेदन ल्याउनुहुन्छ । सबै सहमति करिब–करिब भइसकेको छ । आज हन्ड्रेड पर्सेन्ट पारित हुन्छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर