स्पेनिस ला लिगामा बार्सिलोनाको उत्कृष्ट लय कायम

काठमाडौं ।  क्याटलान क्लब बार्सिलोनाका राफिन्हाले ह्याट्रिक गरेपछि स्पेनिस ला लिगामा उत्कृष्ट लयलाई कायम राखेको छ। शनिबार राति ओलम्पिक स्टेडियममा भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडमाथि ७–० को फराकिलो जित दर्ता गरेको हो। बार्सा ला लिगाको सुरुवातका चार खेल जित्ने एक्लो टोली हो।

पहिलो हाफको २० औँ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। ब्राजिलियन राफिन्हाले ८ मिनेटको अन्तरमा दुई गोल गरेका थिए। उनले ६४ र ७२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। रोबर्टो लेवान्डोस्कीले खेलको २४ औँ मिनेटमा गोल गरे। बार्सिलोनाका लागि जुलेस काउन्डे, डानी ओल्मो र फेरान टोरेसले गोल गरे।

लिगमा लगातार चार खेलमा जित निकालेको बार्सिलोना १२ अंकमा तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट ८ अंक बनाएको एथलेटिको मड्रिड ८ अंकमा तालिकाको दोस्रो स्थानमा छ। समान खेल र अंकबाट भिल्ला रियल तेस्रो स्थानमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर