ओलीद्वारा आफ्नो प्रधानमन्त्रीत्व कालको आयु निर्धारण

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिना १५ दिनमात्रै बाँकी रहेको बताएका छन्। आज शनिबार संघीय राजधानी काठमाडौंमा आयोजत एक कार्यक्रममा उनले आफू समयभन्दा पहिले नै प्रधानमन्त्री पदबाट राजीनामा दिने बताए। “मलाई मन नपराउनेहरूलाई खुशीको खबर भनिदिन चाहन्छु। अब मेरो प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिना १५ दिन बाँकी छ। त्योभन्दा पनि हप्ता दिन अघि नै छोड्छु भनेको छु। बढी होइन कि समयमै हस्तान्तरण गरौं भन्ने छ”, उनले भने। राजनीतिलाई घृणा गर्ने कुरा, राज्य व्यवस्थालाई घृणा गर्ने कुरा सामाजिक आपराधिक कार्यमात्रै भएको उनको विचार थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर