भक्तपुरमा पञ्जराँको उपलक्ष्यमा दीपंकर बुद्धको शोभायात्रा

काठमाडौं । प्रत्येक वर्षको भाद्र त्रयोदशी शनिबारका दिन बौद्ध परम्पराअनुसार मनाइने पञ्जराँ (पञ्चदान) पर्व आज काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा मनाइएको छ । पञ्जराँको उपलक्ष्यमा आज बौद्ध मतका अनुयायीहरू बज्राचार्य, शाक्यलगायत अन्य गुरुजनहरूलाई यथाशक्य पाँच थरिका अन्न दान गरी श्रद्धा एवं सम्मान प्रकट गरेका छन् । यस उपलक्ष्यमा भक्तपुरका भित्री शहरस्थित विभिन्न बहीमा (विहार) स्थापित दीपंकर बुद्धको प्रतिमा नगर परिक्रमा गराउने कार्य सम्पन्न भएको छ । पञ्जराँँ भक्तपुर नगरलगायत काठमाडौं, थिमी, बनेपा, साँखु (शंखरापुर) र कीर्तिपुरमा पनि मनाइएको छ । पञ्जराँ पर्व ललितपुरमा भने बेग्लै अनकूल तिथिमा मनाइने प्रचलन रहेको छ । दीपंकर बुद्धको प्रतिमाको दर्शन तथा पूजाअर्चनाका लागि ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर