साउदी अरेबियाले ‘ग्लोबल एआई शिखर सम्मेलन’ को आयोजना गर्दै

काठमाडौं ।  साउदी डाटा र आर्टिफिसियल इन्टेलिजेन्स अथोरिटी (एसडीएआईए) द्वारा आयोजित तेस्रो ग्लोबल एआई शिखर सम्मेलन साउदी अरेबियाको रियादमा आगामी सेप्टेम्बर १० देखि १२ सम्म आयोजना हुँदैछ । सम्मेलनमा एक सय देशका तीन सय बढी विशेषज्ञ र निर्णयकर्ताहरूको सहभागिता रहने छ ।

शिखर सम्मेलनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टेक्नोलोजीको क्षेत्रमा विश्वव्यापी अनुभवहरूको समीक्षा गर्नेछ । उक्त सम्मेलनमा द्रुत रूपमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टेक्नोलोजीहरू र यसको प्रभावलाई कसरी रणनीति रूपमा सञ्चालन, उत्पादन र मापनका विषयमा केन्द्रित रहने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर