चुनाव जितेमा मार्क जुकरवर्गलाई जेल हाल्ने ट्रम्पको धम्की

काठमाडौं ।  अमेरिकी राष्ट्रपतीय चुनावका लागि रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुकका मालिक मार्क जुकरवर्गलाई जेल हाल्ने धम्की दिएका छन् ।

सन् २०२० को चुनावमा आफूलाई हराएर जो बाइडेनलाई जिताउन लागेको आरोप लगाउँदै ट्रम्पले यो पटक त्यस्तै गरे जुकरवर्गलाई जेल हाल्ने धम्की दिएका हुन् । आगामी हप्ता बजारमा आउन लागेको ट्रम्पको किताबको एक सार्वजनिक खण्डमा यस्तो उल्लेख गरिएको हो ।

रुसी विश्व च्यानल आरटीका अनुसार ट्रम्पको किताबको नाम ‘सेभ अमेरिका’ रहेको छ । किताबमा ट्रम्पले जुकरवर्ग आफ्नी श्रीमतीसँग आफ्नो कार्यालय आएर आफू जस्तो राम्रो अरू नभएको भन्ने तर भित्रभित्रै सक्याउन लागेको आरोप लगाए । जुकरवर्गसँगको तस्बिर सार्वजनिक गर्दै उनले यस्तो लेखेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर