पदक विजेता पलेशालाई प्रधानमन्त्रीको बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिसमा जारी पारालिम्पिकमा ऐतिहासिक काश्य पदक जितेकी नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा पलेशालाई बधाई दिएका हुन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत भएको के ४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै पलेशाले काश्य पदक जितेकी हुन् । योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर