भारतको केदारनाथमा हेलिकोप्टर दुर्घटनाग्रस्त

काठमाडौं ।  मर्मत कार्यका लागि विमानबाट गौचर हवाई पट्टी लैजाँदै गरेको एमआई–१७ हेलिकोप्टर शनिबार भारतको केदारनाथमा दुर्घटनाग्रस्त भएको छ । मर्मतका लागि लैजाने क्रममा विमानले सन्तुलन गुमाउदा दुर्घटनामा परेको थियो । हेलिकोप्टरले केहि दूरी मात्र तय गरेको अवस्थामा सन्तुलन गुमाउन थालेको जिल्ला पर्यटन अधिकृत राहुल चौबेले बताए ।

“हेलिकोप्टरमा कुनै यात्रु वा सामान थिएन् । घटनाको जानकारी पाएलगत्तै उद्धार टोली घटनास्थल पुगेको अधिकारीले भने। टोलीले अवस्थाको निरीक्षण गरिरहेको छ,” चौबेले भने । हाल राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एसडीआरएफ) को टोली दुर्घटनास्थलमा पुगी राहत कार्य जारी राखेको छ । दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । दुर्घटनाको वास्तविक कारण अझै पत्ता नलागिसकेकाले अनुसन्धान जारी रहेको स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर