प्रहरीमा ३० वर्षे सेवा अवधिको अन्तरिम आदेश खारेज

काठमाडौं ।  सर्वाेच्च अदालतले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिको प्रावधान कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश उल्ट्याएको छ ।

गृह मन्त्रालयका तत्कालीन सचिव एकनारायण अर्यालको निवेदनमाथि सुनुवाइ गर्दै सर्वाेच्चका न्यायाधीश विनोद शर्मा र शारङ्गा सुवेदीको संयुक्त इजलाशले मागबमोजिम अन्तरिम आदेश हुने आदेश गरेको छ । अन्तरिम आदेश खारेजका लागि सरकारले दिएको निवेदन बमोजिम अदालतले अन्तरिम आदेश दिएको छ ।

यसअघि प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठ समेतको रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्चको एकल इजलाशले ३० वर्षे सेवा अवधिका कारण अवकाश हुने प्रावधान कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर