एनसेलको लाइसेन्स नवीकरण गर्ने सरकारको निर्णय

काठमाडौं ।  सरकारले निजी दूरसञ्चार प्रदायक एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलको लाइसेन्स नवीकरण गर्ने गरेको हो ।

सरकारले पाँच वर्षका लागि एनसेलको लाइसेन्स नवीकरण गरेको हो । एनसेलले नवीकरण बापत तिर्नुपर्ने रकम चार किस्तामा १० प्रतिशत ब्याजसहित बुझाउनुपर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । एनसेलले लाइसेन्स नवीकरण गर्दा २० अर्ब बुझाउनुपर्नेमा एकै पटक सो रकम तिर्न नसक्ने भन्दै किस्ता बन्दीमा तिर्न सुबिधा मागेको थियो ।

एनसेलले गत जेठमै पहिलो किस्ता स्वरूप चार अर्ब बुझाएर किस्ताको सुविधा मागेको थियो । एनसेलले लिएको लाइसेन्सको २० वर्षे अवधि भदौ १५ गते शनिबार सकिँदै थियो । शनिबार परेकाले भदौ १६ गतेको सुविधा थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर