चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेस डिसी नियुक्त

काठमाडौं ।  सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री  एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए  ।

फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी डिसी सत्तारुढ दल एमाले निकट जनपक्षीय चलचित्रकर्मी सङ्घको अध्यक्ष एवम् चलचित्र निर्देशक समाजका पूर्वअध्यक्षसमेत थिए । बोर्ड अध्यक्ष पदका लागि डिसीसँगै चलचित्र निर्देशक दीपा पाण्डे बस्नेत र सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापाको नाम सिफारिस भएको थियो । सिफारिस भएकामध्ये  मन्त्रिपरिषद बैठकले डिसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर