मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त

काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । हिजो बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । अर्याललाई पर्सि १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

मुख्यसचिवमा नियुक्त अर्याल अहिले गृह सचिव छन् । उनी वरियताक्रममा चौथो नम्बरमा थिए । अर्याल करिब १५ महिना मुख्य सचिव रहने छ । अहिले मुख्य सचिव रहेकी लीलादेवी गड्तौला उमेर हदका कारण आज अवकाश पाउँदै छन् । नवनियुक्त मुख्यसचिव एकनारायण अर्याल २०४६ माघदेखि नायव सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका थिए । उनले यसअघि विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन र स्थानीय तहमा रहेर काम गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर