पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा दाजुबहिनीको मृत्यु

काठमाडौं ।  पाँचथरमा बिहीबार विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दुई बालबालिकाको मृत्यु भएको छ । फालेलुङ–५ स्थित डाँडा गाउँमा विस्फोटक पदार्थ पड्किएर घाइते भएका दुई बालबालिकाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मृत्यु हुनेमा ११ वर्षका दिप्सन साँवा र दुई वर्षकी प्रियंशा साँवा रहेका छन् । दिप्सनको इलाम अस्पताल र प्रियंशाको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको पाँचथर प्रहरी प्रमुख हेमन्त भण्डारीले जानकारी दिए । आइतराज केरुङको घरमा बिहीबार विस्फोटक पदार्थ पड्किँदा उनीहरू घाइते भएका थिए । केरुङ भने सदरमुकाम फिदिममा बस्ने गरेका छन् । उनको घरमा ज्ञानुराज राई बस्ने गरेको प्रहरीले जनाएको छ । अझै दुई जना घाइते छन् ।
घाइतेमध्ये दुवै जनाको अवस्था गम्भीर रहेको उनले बताए । विस्फोटक पदार्थ कस्तो खालको हो भन्ने खुलिनसकेको घटनास्थलमा रहेका प्रहरी इन्स्पेक्टर रूपेश तामाङले बताए । घरमा अन्य विस्फोटक पदार्थ पनि रहेको आशंकामा नेपाली सेनाको टोली बोलाएको उनले बताए । रातिदेखि नै उक्त क्षेत्र सिल गरेर राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर