आज बिहीबार सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं ।  नेपाली बजारमा आज बिहीबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । यो दिन छापावाला सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन बुधबार सुनको मूल्य तोलाको १ लाख ५३ हजार १ सय रुपैयाँ कायम भएको थियो । यो दिन चाँदीको मूल्य भने घटेको छ । यो दिन चाँदीको मूल्य तोलाको १ हजार ८ सय ३० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको १ हजार ८ सय ५५ रुपैयाँ कायम थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर