दैलेखमा चट्याङ लागेर एक बालकको मृत्यु

काठमाडौं । दैलेखको आठबीस नगरपालिका वडा नम्बर ५ को पिपलकोटमा चट्याङ लागेर एक जना बालकको मृत्यु भएको छ । माझखर्क भन्ने जङ्गलमा हजुरआमासँग गोठाला गएका ३ वर्षीय बालक रोशन बिष्टको चट्याङले मृत्यु भएको आठबीस नगरपालिका–५ वडाध्यक्ष बजिरसिंह बिकले बताए । यस्तै, हिजो बुधबार चट्याङ लागेर घाइते ४७ वर्षीया कमला बिष्टलाई राकममा प्राथमिक उपचारपछि थप उपचारका लागि गए राति नै कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको र उपचार भइरहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर