एकजना इजरायली बन्धकको उद्धार

काठमाडौं ।  इजरायली सेनाले दक्षिणी गाजा पट्टीको भूमिगत सुरुङबाट इजरायली बन्धकलाई उद्धार गरेको छ । ५२ वर्षीय कायद फरहान अल्कादी कुनै गार्ड वा अन्य बन्धक बिना सुरुङमा एक्लै फेला परेको सेनाले जनाएको हो । अक्टोबर ७, २०२३ देखि हमास विद्रोहीहरूको कब्जामा रहेको र अलकादी सैन्य अपरेसनमार्फत मुक्त गरिएको आठौँ बन्धक र जीवित उद्धार गरिएको पहिलो इजरायली अरब बन्धक हुन् । उनी भूमिगतबाट उद्धार गरिएका पहिलो बन्धक पनि रहेका छन् । अक्टोबर ७ हमासको हमलामा करिब २५० बन्धक बनाइएका थिए । जसमा १०८ जना अझै हमासको नियन्त्रणमा छन् । तीमध्ये धेरैको मृत्यु भएको विश्वास गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर