टुँडिखेलको घटना अराजक नभएको रास्वपाको ठहर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांस्कृतिक चाड गौरा पर्व मनाउने सन्दर्भमा टुँडिखेलमा भएको घटनाबारे संसद्को ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक समयमा सो पार्टीका सांसद हरि ढकालले टुँडिखेलमा युवाहरूले गरेको विरोधलाई अन्यथा रूपमा नहेरी लोकतान्त्रिक अभ्यासका रूपमा मात्र लिनुपर्ने सुझाव दिए ।

उनले भने, “त्यो घटनालाई सरकारले अराजकताका रूपमा ग्रहण गरी त्यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याइनु हुन्न । मुलुकमा भइरहेका कतिपय असान्दर्भिक र अनियमिततासँग जोडेर युवाहरूले गरेका त्यस्ता विरोधका घटनामा राजनीतिक दल र सरकार संयमित हुनुपर्छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर