प्रतिनिधिसभामा “हिंसा” शब्दलाई लिएर गर्मागर्मी बहश

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको नेतृत्व गरिरहेको एमालेका सचिव तथा सांसद योगेश भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्न संसद् सचिवालयलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा भट्टराईले बोल्ने क्रममा माओवादीले सञ्चालन गरेको “हिंसा” का कारण मुलुकमा समयमा विद्युत उत्पादन नभएको आरोप लगाएका थिए ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गर्दै भने, “नियमको उलंघन भइरहेको छ, यो संसद्को नियमावलीको २६ मा नियमापत्तिको विषय छ । यहाँ न त दिइएको समयको पालन गरिएको छ न त संवैधानिक र नियमावलीका भाषा पालन गरिएको छ । यहाँ प्रयोग भएको भाषा संविधान, नियमावलीअनुसार प्रयोग भइरहेको छैन । त्यसकारण हिंसा शब्दलाई रेकर्डबाट हटाउन माग गर्दछु ।”

त्यसपछि सभामुख घिमिरेले भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्नका लागि निर्देशन दिएका थिए । त्यसपछि पनि एमालेका सांसद भट्टराई र रघुजी पन्तलगायतले उक्त शब्द दोहोर्‍याएका थिए । माओवादीले भने एमालेका शब्द र व्यवहारको विरोध गरेको थियो । सदनमा माओवादी र एमाले सांसदबिच चर्चाचर्की भएपपछि सभामुख देवराज घिमिरेले यो विषयमा दोहोरो बहस नगर्न पटक-पटक अनुरोध गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर