ओली–देउवाविरुद्ध नाराबाजी गर्ने दुईजना पक्राउ

काठमाडौं ।  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो । सुर्खेतका गोपीराज जैशी र अछामका रामबहादुर बुढालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको काठमाडौं परिसरका एक अधिकारीले जानकारी दिए । उनीहरूलाई अभद्र व्यवहार वा सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउने काठमाडौं प्रशासनको तयारी भएको बझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर