चिकित्सक हत्या प्रकरणः बर्बर हत्याको विरोध

काठमाडौं । पूर्वी भारतीय शहर कोलकाताको एक सरकारी अस्पतालमा क्रुरतापूर्वक बलात्कारपछि हत्या गरिएकी प्रशिक्षार्थी चिकित्सकको न्यायको माग गर्दै भएको व्यापक प्रदर्शनमा प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा हानेको छ ।

प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले व्यापक धरपकड गरेको हो । यस महिनाको शुरुमा सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको शव फेला परेपछि महिला माथि भएको निसंश हिंसा र हत्यालाई लिएर राष्ट्रव्यापी आक्रोश छाएको छ । घटनाको झण्डै एक महिना हुन लाग्दा पनि हत्यारा पत्ता नलागेपछि हिजो हजारौंको संख्यामा निस्किएका प्रदर्शनकारीले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको राजिनामा माग गर्दै कोलकाताको सरकारी भवनमा प्रदर्शन गरेका हुन् ।

स्थानीय प्रहरीको सुस्त अनुसन्धानको आलोचना भएपछि अस्पतालका एक स्वयंसेवक अपराधमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । प्रदर्शनकारीको ब्यापक नाराबाजीपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रदर्शनकारीहरुले भने शान्तिपूर्ण भेलामा प्रहरीले अनावश्यक हस्तक्षेप गरेको बताएका छन् । हिंसा सिर्जना गरेको आरोपमा झण्डै १ सय जना प्रदर्शनकारीलाई पक्राउ गरिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर