रामेछापको पहिरोमा परेर मृत्यु हुनेको संख्या आठ पुग्यो

काठमाडौं । रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं ३ लेखर्कमा आइतबार बिहान गएको पहिरोमा परि मृत्यु हुनेको संख्या आठ पुगेको छ । बेपत्ता तीन जनामध्ये बुधबार बिहान पहिरोमा पुरिएको अवस्थामा थप एक जनाको शव फेला परेपछि मृतकको संख्या आठ पुगेको हो ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजि गर्ने क्रममा पहिरोले पुरेको अबस्थामा सोमबार दिउँसो स्थानीय २३ बर्षकी बिन्दा पहरीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रदिपकुमार सिंहले जानकारी दिए ।

पहिरोमा अझै दुई जना बेपत्ता छन् । पहिरोमा परेर मृत्यु हुनेको संख्या आठ पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पहिरोका कारण लेखर्कका ५९ परिवार बिस्थापित भएका छन् । बिस्थापित परिवारलाई गाउँ नजिकैको कण्ठेश्वर माविको भवन र गाउँ पालिकाको खाली कोठाहरुमा राखिएको गाउँपालिकाले जनाएको छ ।

यसैबिच सोमबार दिउँसो बसेको जिल्ला बिपत्त व्यबस्थापन समितिको बैठकले मृतक परिवारप्रति श्रद्धान्जली व्यक्त गर्दै रातह बितरण गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षतामा बसेको बैठकले बिस्तापितहरुको अबस्था र व्यबस्थापनका लागि अध्ययन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको संयोजकत्वमा समितिसमेत गठन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर