मानापाथी हिमालमा पुन: हिमपहिरो : बोक्सीखोला थुनियो

काठमाडौं । म्यादीको धौलागिरि हिम शृङ्खलाको मानापाथी हिमालमा हिमपहिरो गएको छ। पहिरोले बस्ती जोखिममा नपरेको तर केही घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले बताए । मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले मंगलबार साँझ खसेको पहिरो केही थुप्रो भएको जानकारी दिए ।

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा भदौ ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका–२ का वडाध्यक्षसमेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवक्ता गौतम शेरचनले हिमपहिरोले बोक्सीखोला पूर्ण रूपमा थुनिएको बताए ।

‘यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो । हिमपहिरो बोक्सीखोलाको नजिकै धेरै तलसम्म आएको छ’, उनले भने, ‘हिमपहिरोले बोक्सीखोला पूर्ण रूपमा थुनिएकाले सतर्कता अपनाइएको छ ।’ बोक्सीखोला कालीगण्डकीको सहायक नदी हो । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्दछ । यसअघि २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिम पहिरोले एक सय ५० भन्दाबढी चौँरीगाई मरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर