राष्ट्रपति बाइडेनद्वारा युक्रेनी ऊर्जा केन्द्रमा भएको रुसी हमलाको निन्दा

काठमाडौं ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले सोमबार युक्रेनी ऊर्जा केन्द्रमा गरेको हमलाको निन्दा गर्दै कियभलाई आफ्नो निरन्तर समर्थन रहने बताएका छन् । । रूसले सोमबार युक्रेनमा सयौं ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्दा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै युक्रेनको ऊर्जा केन्द्र ध्वस्त भएको अधिकारीहरूले बताए . ।

यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति बाइडेनले भने, “युक्रेनविरुद्ध रुसको निरन्तर आक्रमण र युक्रेनी जनतालाई अन्धकारमा डुबाउने प्रयासको कडा रुपमा निन्दा गर्दछु ।” युक्रेनमा पछिल्लो समय मस्कोले गरेको आक्रमणले “ब्ल्याकआउट” (उर्जा सङ्कट) सुरु भएको छ । कियभले रुसको कुर्स्क क्षेत्रको भूभाग नियन्त्रणमा लिएको दाबी गरेपछि यो अवस्था आएको जनाइएको छ ।

सन् २०२२ फेब्रुअरीको  आक्रमणपछि रूसले युक्रेनमा बारम्बार ऊर्जा केन्द्र लक्षित ड्रोन तथा मिसाइल आक्रमण गरेको छ । युक्रेनको “सैन्य–उत्पादन परिसर” लाई सहयोग गर्न प्रयोग भइरहेको दाबी गर्दै ऊर्जा केन्द्रहरुमा प्रहार गरेको रुसी रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । रुसले सोमबार गरेको आक्रमणमा परी निर्दोष युक्रेनी नागरिकहरूको मृत्यु भएको, २० जनाभन्दा बढी घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर