इजरायली हवाई आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु

काठमाडौं । गाजा शहरको समुद्री तटमा एक भेलामा इजरायली हवाई आक्रमणमा परी सोमबार कम्तीमा सात प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी सुरक्षा र चिकित्सा अधिकारीहरूले बताएका छन् । इजरायली ड्रोनले प्यालेस्टिनीहरूको भेलालाई निशाना बनाउँदा सात जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्रोतहरूले सिन्ह्वालाई बताएका छन् । इजरायली सेनाले कथित आक्रमणबारे कुनै टिप्पणी गरेको छैन । सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिन–इजरायली द्वन्द्व सुरु भएदेखि पछिल्लो २४ घण्टामा इजरायली सेनाबाट ३० जनाको मृत्यु भएको र अन्य ६६ जना घाइते भएका छन् । यसबाट कूल मृत्यु हुनेको सङ्ख्या ४० हजार चार सय ३५ पुगेको र ९३ हजार पाँच सय ३४ घाइते भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर