भारतलाई हराउँदै बंगलादेश फाइनलमा

काठमाडौं ।  साविक विजेता भारतलाई हराउँदै बंगलादेश साफ यू-२० च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ। सोमबार भएको सेमिफाइनलमा बंगलादेशले भारतलाई टाइब्रेकरमा पराजित गर्‍यो। बंगलादेशले उपाधिका लागि नेपालसँग खेल्नेछ। यसअघि नेपालले भुटानलाई टाइब्रेकरमा हराएर फाइनल यात्रा तय गरेको थियो। निर्धारित समयको खेल १-१ गोलको बराबरी भएपछि नतिजा टाइब्रेकरबाट लिइएको थियो। पेनाल्टी सुटआउटमा बंगलादेशका गोलकिपरले भारतको पहिलो र पाँचौं प्रहार रोकेका थिए। गत संस्करणमा भारतले बंगलादेशलाई नै हराएर उपाधि जितेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर